संस्था परिचय

२०७१ सालको फागुन महिनाको चौथो हप्तामा तत्काल उपलब्ध सदस्यहरुको भेला मार्फत बचत तथा ऋण सहकारी संचालन गर्ने निर्णय भएसँगै २९ जना सदस्यहरुको संलग्नता रहेको थियो । यसकै आधारमा २०७१ साल फागुन २९ गतेका दिन सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयमा श्री भीमकाली बचत तथा ऋण सहकारी संस्था लि. विधिवत रुपमा दर्ता भएको हो । दर्ता प्रक्रिया पुरा भए पश्चात तत्कालै २०७२ साल बैशाख १ गते देखि बचत तथा ऋणको कारोवार शुरु गरेका हो । बजारमा आएको वित्तीय समस्याका बाबजुद पनि बचत संकलनको अवस्था सन्तोषप्रद छ । यसैगरी उपलब्धि प्राप्तिमा संचालक समिति, लेखा सुपेरिवेक्षण समिति,ऋण उप–समिति शिक्षा उपसमिति लगायतका समिति उपसमिति र कर्मचारीवर्ग र संस्थाका शुभचिन्तकहरु समेतको महत्वपूर्ण योगदान रहेको छ भन्ने हाम्रो स्पष्ट बुझाई छ । सहकारीताका सात सिद्धान्तलाई आत्मसात गर्दै सदस्यहरुको आर्थिक, सामाजिक आवश्यकता पूरा गर्ने अभियानको छैठौं वर्षमा सहयात्रा गरिरहँदा संस्थाले सदस्यहरुलाई निरन्तर मुनाफा प्रदान गरिरहेको छ । कर्जा सुरक्षणमा विशेष ध्यान दिन सकेको छ । साना व्यापारी तथा उद्यमीहरुका लागि नियमित वचत जम्मा गर्ने क्षमताका आधारमा व्यवसाय प्रबर्धनका लागि साना उद्यमी केन्द्रित दैनिक भुक्तानी कर्जा सेवा उपलब्ध गराउँदै आएको छ । सदस्य सेवाका लागि सम्भव भएसम्म घरदैलोमा बचत तथा कर्जासेवा प्रदान गर्दै आइरहेको छ । संस्थाप्रति सदस्यहरुको विश्वास बढ्दै गएको छ । संस्थामा निरन्तर नयाँ सदस्यहरुको आगमन भईरहेको छ ।

बचत तर्फ   कर्जा तर्फ
क्र.सं. बचत खाताको प्रकार न्यूनतम मौज्दात व्याजदर   क्र.सं. कर्जा शिर्षक व्याजदर
१) ऐच्छिक बचत १०० ६ प्रतिशत १) कृषि कर्जा
२) बाल बचत १०० १२ प्रतिशत २) व्यवसायिक कर्जा
३) अनिवार्य वचत ५०० ८ प्रतिशत ३) हायर पर्चेज कर्जा
४) दैनिक बचत १०० ६ प्रतिशत
५) आवधिक बचत १०,००० १०–१२ प्रतिशत
६) नारी पेवा बचत १०० ६ प्रतिशत
७) जेष्ठ नागरिक बचत १००० ७ प्रतिशत

रामहरी बास्तोला

अध्यक्ष

लक्ष्मी प्र. धिताल

उपाध्यक्ष

नारायणी रिजाल

सचिव

अप्सरा सापकोटा

सह सचिव

अमृत श्रेष्ठ

कोषाध्यक्ष

लेखनाथ शर्मा

सदस्य

भिष्मराज श्रेष्ठ

सदस्य

नल प्र. अधिकारी

सदस्य

विष्णु प्र. तिमिल्सिना

सदस्य

विष्णुमाया सुवेदी

सदस्य

राम ब. भण्डारी

सदस्य

शान्ति महतो

सदस्य

सरोज गुरुङ

सदस्य